नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बुधवार बाँडफाँट हुने

Share News

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ बुधवार अर्थात मङ्सिर २० गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बुधवार बिहान १० बजे बाँडफाँट गर्ने तयारी रहेको गरिएको हो ।  

कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओमा  अन्तिम दिनसम्ममा  १२ लाख ५७ हजार ७५६ जनाले कुल १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताको लागि आवेदन दिएका छन् । यस आधारमा कम्पनीको आईपीओ १ लाख १४ हजार १२५ जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।