रेमिट्यान्स भित्र्याउन सहजीकरण गर्दै समृद्धि फाइनान्स

Share News

काठमाडौं। वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीले समृद्धि फाइनान्समार्फत रेमिट्यान्स भित्र्याउन सक्ने भएका छन् । रेमिट्यान्स भित्र्याउन तथा अन्य बैंकिङ कारोबारमा सहजीकरण गर्न संस्था र स्किल्ड आम्र्स फर टे्रडिङ एण्ड कन्ट्र्याक्टिङ एण्ड क्लिनिङ सर्भिसेसबीच समझदारी भएको हो । उक्त समझदारीअन्तर्गत कतारमा वैदेशिक रोजगारीमा गएका नेपालीले संस्थामार्फत परिवारको खाता वा सीधै आफ्नो खातामा रेमिट्यान्स पठाउँदा विभिन्न बैंकिङ सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । नियमित रेमिट्यान्स प्राप्त गर्ने परिवारले आवश्यकता अनुसार जुनसुकै कर्जा सहज रूपमा सहुलियत दरमा प्राप्त गर्न सक्ने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।