तमु ल्होसार मनाउँदै गुरुङ समुदाय [तस्वीरहरू]

Share News

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रूपमा मनाउने तमु ल्होसार पर्व आज मनाइरहेका छन् । 

पर्वका अवसरमा टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ । त्यसअघि वसन्तपुरबाट निकालिएको सांस्कृतिक र्‍याली टुँडिखेल पुगेको थियो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरूङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। गुरुङ समुदायले विरालो वर्षलाई विदाई गरि गिद्ध वर्षलाई स्वागत गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।