नाडेपको साधारणसभाबाट दुई सञ्चालक निर्वाचित

Share News

काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले हाल वित्तीय क्षेत्रमा प्रतिकुल अवस्था रहेता पनि आगामी दिनमा सहज परिस्थितिको कामना गर्दै ग्राहक सदस्यलाई थप गुणस्तरीय सेवा प्रदान गर्दै शेयरधनीको अपेक्षा पूरा गर्न संस्था प्रतिबद्ध रहेको जानकारी गराए । 

नवौं वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकमा विवेक कंडेल र शुष्मा वाग्लेलाई निर्वाचित गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।