सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Share News

काठमाडौं । नेपाली बजारमा आइतवार (आज) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।