काठमाडौं। लक्ष्मी सन्राइज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यो सेवा नेप्स र भिसाको सहायक संस्था साइबरसोर्ससँगको सहकार्यमा विकास गरेको बताइएको छ । यस सेवाको सञ्चालनपश्चात् बैंकका व्यापारी ग्राहकले ई–कमर्स प्लेटफर्ममार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जानकारी दिएको छ । ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीका लागि ग्राहकमार्फत भुक्तानी लिन सजिलो माध्यम हुन सक्ने अपेक्षा गरिएको छ । उक्त प्लेटफर्मबाट व्यापारीले विश्वव्यापी रूपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्ने बताइएको छ । उपभोक्ताले भौतिक उपस्थितिविनै छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।