सानिमा बैंकको ६ महीनाको नाफा १ अर्ब १३ करोडभन्दा बढी, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा

Share News

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब १३ करोडभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा भने ११ दशमलव ४२ प्रतिशत घटेको हो । सो अवधिमा कम्पनीले रू. १ अर्ब २८ करोड नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घट्न पुगेको हो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा १० प्रतिशत र खुद ब्याज आम्दानी ६ प्रतिशत घटेको छ । खुद नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६९ पैसा रहेकोमा चालू आवमा घटेर १६ रुपैयाँ ८१ पैसामा झरेको हो । 

चुक्ता पूँजी रू.१३ अर्ब ५८ करोड रहेको कम्पनी जगेडामा रू. ५ अर्ब ४६ करोड र रिटेन्ड अर्निङमा रू. ६५ करोड १४ लाख सञ्चिति गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू.६५ करोड १४ लाख छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी १५ दशमलव ३५ गुणा, तरलता अनुपात २७ दशमलव ७३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २ पैसा छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।