काठमाडौं । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना, कुमारी इक्वीटी फण्ड र कुमारी सुनौलो योजनाले पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ मङ्सिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ ।
कुमारी सुनौलो योजनाको न्याभ मङ्सिर मसान्तमा १० रुपैयाँ ६७ पैसा रहेकोमा पुस मसान्तमा बढेर ११ रुपैयाँ १९ पैसा पुगेको छ । त्यस्तै कुमारी इक्वीटी फण्डको न्याभ मङ्सिर मसान्तमा ९ रुपैयाँ ९९ पैसा रहेकोमा पुस मसान्तमा १० रुपैयाँ ४४ पैसा पुगेको छ ।
कुमारी धनवृद्धि योजनाको न्याभ मङ्सिर मसान्तमा १० रुपैयाँ ५२ पैसा रहेकोमा पुस मसान्तमा बढेर ११ रुपैयाँ ६ पैसा पुगेको छ । यो फण्ड पुस मसान्तमा नाफामा छ । मङ्सिर मसान्तमा रू. २ लाख ४७ हजार नोक्सानीमा रहेकोमा फण्ड पुस मसान्तमा रू. ६ करोड ५८ लाख नाफामा छ । पुस मसान्तसम्ममा यो फण्डले सूचीकृत शेयरमा रू. ८० करोड ५३ लाख लगानी गरेको छ ।
त्यस्तै कुमारी इक्वीटी फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७१ करोड ३९ लाख लगानी गरेको छ । सो अवधिमा फण्ड रू. ४ करोड १४ लाख नाफामा छ । मङ्सिर मसान्तमा भने यो फण्ड रू. ३५ लाख ९५ हजार नोक्सानीमा थियो ।
कुमारी सुनौलो लगानी योजनाले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २५ करोड ५३ लाख लगानी गरेको छ । यो लगानी मङ्सिर मसान्तमा भने रू. २७ करोड ४७ लाख थियो । यो फण्डले पुस मसान्तसम्ममा रू. १ करोड ९८ लाख नाफा कमाएको छ । फण्डले मङ्सिर मसान्तमा भने रू. ८ लाख ७९ हजार नाफा कमाएको थियो ।
कुमारी सुनौलो लगानी योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।