काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार हुँदैछ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार १५ डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार १६ डलरमा बन्द भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।