किलोमा १० रुपैयाँले बढ्यो भारतीय ठूलो गोलभेडाको भाउ

Share News

काठमाडौं । बजारमा भारतीय ठूलो गोलभेडाको मूल्य किलोमा १० रुपैयाँले बढेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा आज भारतीय ठूलो गोलभेडाको औसत मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ । बुधवार ठूलो गोलभेडाको औसत मूल्य किलोको ५५ रुपैयाँ थियो । ठूलो गोलभेडा आज प्रतिकिलो औसत ६५ रुपैयाँ पुगेको छ ।

यस्तै, गोलभेडा सानो लोकल आज १० प्रतिशतले बढेको छ । अघिल्लो दिन सानो गोलभेडा लोकल २२ रुपैयाँमा विक्री भएको थियो भने आज २५ रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन किलोको १७ रुपैयाँ औसत मूल्य गोलभेडा सानो (भारतीय)को भाउ आज किलोको २७ रुपैयाँ पुगेको छ ।

आज अन्य तरकारीको मूल्य कति ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।