काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले मङ्सिर महीनाको तुलनामा पुस महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ ।
मङ्सिर मसान्तसम्ममा यस फण्डले सूचीकृत शेयरमा रू. ८० करोड १० लाख लगानी गरेकोमा पुस मसान्तमा बढाएर रू. ९० करोड ३४ लाख पुर्याएको हो ।
त्यस्तै यस फण्डको न्याभ पनि मङ्सिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मङ्सिर मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ७२ पैसा रहेकोमा पुस मसान्तमा बढेर ९ रुपैयाँ ७ पैसा पुगेको छ । यस फण्डले पुस मसान्तसम्ममा रू. १ करोड ९९ लाख नाफा कमाएको छ । मङ्सिर मसान्तमा भने फण्ड रू. २ करोड ३२ लाख नोक्सानीमा थियो । पुस मसान्तमा फण्डको आम्दानीमा सुधार भएसँगै नाफामा गएको हो ।
रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।