काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टीले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा फण्ड रू. ५७ लाख ४४ हजार नाफा कमाएको छ । मङ्सिर मसान्तभने फण्ड रू.४ करोड ९८ लाख नोक्सानीमा थियो ।
पुस महीनामा फण्डको आम्दानीमा सुधार भएसँगै नाफामा गएको हो । मङ्सिर मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ३ करोड ९१ लाख ऋणात्मक रहेकोमा पुस मसान्तमा रू. १ करोड ८३ लाख धनात्मक रहेको हो ।
त्यस्तै फण्डको न्याभ पनि मङ्सिर महीनाको तुनलामा पुस महीनामा वृद्धि भएको छ । मङ्सिर मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ४५ पैसा रहेकोमा पुस मसान्तमा बढेर १० रुपैयाँ ८० पैसा पुगेको हो ।
त्यस्तै यस फण्डले सूचीकृत धितोपत्रमा लगानी पनि बढाएको छ । मङ्सिर मसान्तमा सूचीकृत धितोपत्रमा रू. ९७ करोड ८० लाख लगानी गरेकोमा पुस मसान्तमा बढाएर रू. १ अर्ब १ करोड भन्दा बढी पु¥याएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।