गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी

Share News

काठमाडौं। गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी निर्वाचित भएका छन् । सोमवार सम्पन्न कम्पनीको २९औं वार्षिक साधारण सभाबाट नवनियुक्त सञ्चालकसहित बसेको पहिलो बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनियुक्त अध्यक्ष मुनकर्मी शेयर बजारका विश्लेषक समेत हुन् । उक्त सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने दुईजना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालक चयन गरेको छ, जसमा संस्थापक समूहबाट मुनकर्मी र जेनी जोशी तथा सर्वसाधारण समूहबाट पशुपतिभक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ रहेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।