भ्रष्टाचार सूचकांकमा नेपालको एक अंक सुधार, १०० मा पायो ३५ अंक

Share News

काठमाडौं । सन् २०२३ मा भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको १ अंक सुधार भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२३ मा नेपालको १ अंक सुधार देखिएको हो ।

सन् २०२३ मा नेपालले कुल १०० अंकमा ३५ अंक पाएको छ । सन् २०२२ मा भने नेपालले भ्रष्टाचार सूचकांकमा ३४ अंक पाएको थियो । 

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क पहिलो स्थानमा छ, उसले ९० अङ्क पाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचकांकअनुसार ० अंकले अत्यधिक भ्रष्टको संकेत गर्छ भने १०० अंकले धेरै स्वच्छ भएको संकेत गर्छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।