माघ १८ देखि नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी

Share News

काठमाडौं। ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी २०८०’ माघ १८ देखि २१ गतेसम्म काठमाडौंमा हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आएको प्रदर्शनीको यो नवौं संस्करण हो । प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रका नवीनतम प्रविधिको बारेमा जानकारी प्राप्त गर्न सकिने बताइएको छ । 

नेपालमा उत्पादन हुने सामग्री र प्रविधिलाई अन्तरराष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उद्देश्य समेत रहेको आयोजकको भनाइ छ । प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याति प्राप्त ब्राण्डका १५० भन्दा बढी स्टल रहने बताइएको छ । प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, यूपीभीसी विन्डोज मेसिनरी, प्रिफ्याब स्ट्रक्चर्स, यूपीभीसी प्रोफाइल र आर्किटेक्चरल हार्डवयरको प्रदर्शनी रहने बताइएको छ । त्यस्तै प्रदर्शनीमा बाथरुम फिटिङ, पाइप, टायल्स एण्ड सेनेटरी वेयर्स, रुफिङ, प्रि–इन्जिनियरिङ बिल्डिङ, कंक्रिट ब्लक मेसिनरी, आल्मुनियम मेसिनरी प्यानल्सको समेत सहभागिता रहने बताइएको छ । 

यस प्रदर्शनीमा निर्माण क्षेत्रका आर्किटेक्ट, इन्जिनीयर्स, कन्ट्रयाक्टर्स, बिल्डर्स, इन्टेरियर डिजाइनर, घर बनाउन चाहने व्यक्ति तथा आम नागरिकको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रदर्शनीको टाइटल स्पोन्सर कजारिया टायल्स, सहप्रायोजकमा भोल्गा तथा जिन्दल स्टील रहेका छन् । प्रदर्शनीमा नि:शुल्क प्रवेशको व्यवस्था रहने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।