तोलामा १०० रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Share News

काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३५ डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३६ डलरमा बन्द भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।