काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले २ करोड ६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ३९ दशमलव ४६ प्रतिशत कम खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा समेत ३९ दशमलव ४६ प्रतिशत कम भएको छ । गत वर्ष २ करोड ९४ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ करोड ७८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
इम्पेरमेन्ट चार्ज वापतको १६ लाख ६८ हजार रूपैयाँ यस वर्ष फिर्ता आएको छ । गत वर्ष इन्पेरमेन्ट चार्ज वापत् ३७ लाख ७३ हजार रूपैयाँ खर्च भएको थियो ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा २ करोड ४६ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको वितरणयोग्य नाफा पनि ४१ दशमलव ४९ प्रतिशत कम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ४ करोड २० लाख रूपैयाँभन्दा बढी रहेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ३६ करोड ७१ लाख ४३ हजार रूपैयाँ रहेको छ । रिटेर्न अर्निग ४ करोड ६३ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने १८ करोड ५९ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षभन्दा शुन्य दशमलव शुन्य २ प्रतिशत कम १ अर्ब ४८ करोड १४ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ७ प्रतिशतभन्दा कम ४ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
यस वर्ष कम्पनीले २ अर्ब ९२ करोड १९ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्ष ४ दशमलव ८७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ६४ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४४ रूपैयाँ ३९ पैसा रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।