काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ६ महीनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आवको ६ महीनासम्मको वित्तीय विवरण अनुसार आव २०८०/८१ को साउनदेखि पुससम्ममा विप्रेषण आप्रवाह ७ खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।