७ वर्षदेखि यूटीएलले अड्काएको सूचना महामार्ग परियोजना (गण्डकी र लुम्बिनी खण्ड) निर्माणको बाटो खुल्यो

Share News

काठमाडौं । यूनाइटेड टेलिकमले अड्काएको मध्यपहाडी लोकमार्गअन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर ब्याकबोन निर्माणको बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले निर्माण गर्न लागेको उक्त योजनाको  गण्डकी र लुम्बिनी प्रदेश खण्डको ठेक्का यूनाइटेड टेलिकम (यूटीएल)ले पाएको थियो । 
सात वर्षअघि २ वर्षमा निर्माण सम्पन्न गर्ने शर्त सहित ठेक्का पाएको कम्पनीले दूरसञ्चार प्राधिकरणबाट ४० करोड पेश्की समेत लिएको थियो । तोकिएको समयावधिमा कम्पनीले काम शुरू समेत नगरेपछि प्राधिकरणले उक्त ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का प्रकृयामा जान थालेपछि  यूटिएल २०७६ वैशाख २७ अदालत गएको थियो । उक्त रिट आज सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालय सम्हालेपछि मन्त्रालयबाट तर्फबाट यो मुद्दालाई अग्राधिकार दिन मन्त्रालयबाट पटकपटक अनुरोध गर्दै आएकी थिइन् । यो सँग अन्य सबै रिट खारेज भएपछि  मध्यपहाडी लोकमार्गलाई सूचना महामार्गमा विकास गर्ने अभियान थप अगाडि बढाउन बाटो खुलेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।