काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३२ डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३६ डलरमा बन्द भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।