‘सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ’

Share News

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिसम्बन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीवार शुरू भएको क्यान इन्फोटेक मेलाको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए । विश्वमा सूचना प्रविधिको तीव्र विकास भइरहेको बेला नेपालले पनि यसबाट फाइदा लिनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘नेपालले अन्तरराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रूपमा काम गर्न सक्छ, हाम्रा थुप्रै युवालाई रोजगारीको मुल प्रवाहमा ल्याउन सकिन्छ, ।’

सूचना प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय ठूला कम्पनीको व्याकअपका रूपमा काम गरेर रेमिट्यान्स भित्त्याउन सकिने अध्यक्ष मल्लले जोड दिए । अन्तरराष्ट्रिय आईटी कम्पनीका लागि सर्पोट एवं विभिन्न एप्स विक्रीमार्फत नेपालले गतवर्ष झण्डै ६८ अर्ब रुपैयाँ आम्दानी गरेको अध्यक्ष मल्लले स्मरण गरे । मुलुकको आर्थिक समृद्धिका लागि अबको प्राथमिकता आईटी क्षेत्र र सोहीअनुसारको नीति हुनुपर्ने मल्लले बताए । सूचना तथा सञ्चार एवं प्रविधिका नयाँ नयाँ साधनलाई आमनागरिकको पहुँचमा पुग्नेगरी गतिविधी विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।