काठमाडौं । नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३३ डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३४ डलरमा बन्द भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।