सातामा किलोमा ९६ रुपैयाँ बढ्यो डल्ले च्याउको मूल्य

Share News

काठमाडौं । कालीमाटी बजारमा एक सातामा डल्ले च्याउको मूल्य ४२ प्रतिशतले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताअघि प्रतिकिलो २३० रुपैयाँ औसत मूल्य रहेको च्याउ आज ९६ रुपैयाँले बढेर ३२६ रुपैयाँ पुगेको छ ।

समितिका अनुसार आगमन भने ११ प्रतिशतले घटेको छ । एक साताअघि १ हजार ६२० किलोग्राम च्याउ बजार भित्रिएको थियो भने आज ४ हजार ४४० किलोग्राम च्याउ बजार भित्रिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।