सुनचाँदीको मूल्य घट्यो, कति छ आजको बजार भाउ ?

Share News

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।