काठमाडौं । पशुपति रिन्यूएबल्स लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित चैत ७ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । लिसरा रिसेप्सन्स , नक्साल, काठमाडौंमा दिउँसो २:३० बजे सभा गर्ने तयारी कम्पनीले गरेको हो ।
आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सञ्चालकहरूको निर्वाचन गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।