अन्तिम दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा १९ अर्बभन्दा बढी लगानी

Share News

काठमाडौं । बुक विल्डिङ विधिमार्फत जारी भएको सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ खरीदका लागि यो समाचार सामाग्री तयारपार्दा सम्म १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रूपैयाँ बराबरको लगानी भएको छ । अन्तिम दिन फागुन १६ गते साझ ५ बजेसम्म १० लाख १२ हजार ३८४ जनाबाट उक्त रकम बराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका आईपीओ खरीदका लागि आवेदन परेको हो । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले सार्वजनिक गरेको तथ्याङ्कलाई आधारमान्दा कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको आईपीओको तुलनामा १९ दशमलव ३२ गुणा बढी आवेदन परेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।

कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खतत् क्षेत्रका स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा कम्पनीले २४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । त्यस्तै सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको ३६ लाख कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा २ लाख ४८ हजार ४७० कित्ता आईपीओ बाँडफाँट भएको छ । 

उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा विक्री गरिएको हो । तेस्रो चरणमा विक्री गरिएको शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरीएको छ । 

बुक विल्डिङ विधिमार्फत विक्रीमा आएको यस कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता माग गर्नुपर्ने व्यवस्था छ । यो आईपीओ बाँडफाँट पनि न्यूनतम ५० कित्ताका दरले हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

(अर्काइभबाट)

सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ सम्बन्धि आर्थिक अभियानले तयार पारेको भिडियो रिपोर्ट हर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।