राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए सपथ

Share News

काठमाडौँ, २१ फागुन : राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नयाँ वानेश्वरस्थित संसद भवनमा संघीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनिहरूलाई सपथ दिलाएकी हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरूलाई सभाको प्रतीक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरेका थिए ।

राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।