काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरूले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार नयाँ मन्त्रीहरूको शपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । आज शपथ लिने मन्त्रीहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदम गिरी रहेका बताइएको छ । उनीहरूको मन्त्रालय भने तोकिएको छैन । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।