नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

Share News

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डीपी अर्यालले सोमवार (आज) साँझ पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा मन्त्रीमा नियुक्त भएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टीसँग नयाँ सत्ता समीकरण बनाउने निर्णयसँगै नयाँ गठबन्धन बनेको हो । 

नयाँ गठबन्धन बनेसँगै पुराना मन्त्री बिदा भएका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।