कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

फाइल तस्वीर ।

Share News

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मंगलवार (आज) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन छाडेर नेकपा एमाले नेतृत्वको गठबन्धनमा लागेपछि कांग्रेसले उक्त निर्णय गरेको हो । 

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

प्रधानमन्त्री दाहालले हिजो नयाँ गठबन्धनबाट ३ जना मन्त्री नियुक्त गरिसकेका छन् ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।