काठमाडौं । नेपाली बजारमा बुधवार (आज) पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । अघिल्लो प्रतितोला २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको सुनले आज पनि तोलाको ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार १२७ डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार १२८ डलरमा बन्द भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।