सुनको मूल्यले लगातार नयाँ रेकर्ड राख्दै, तोलाको १ लाख २५ हजार

Share News

काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुन १ हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुनको मूल्यमा कीर्तिमान कायम हुँदा प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ४७० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो । 

आज अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार १५३ डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार १४७ डलरमा कारोबार बन्द भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।