सुनको मूल्यले लगातार नयाँ रेकर्ड राख्दै, तोलाको १ लाख २६ हजार

Share News

काठमाडौं । नेपाली बजारमा आइतवार (आज) पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुन तोलाको १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् शुक्रवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४७५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।