चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दैछ : प्रधानमन्त्री

Share News

काठमाडौं । प्रधानमनत्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय संसदलाई सम्बोधन गर्दै नेपालले विद्युत व्यापारमा चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै गरेको बताउनुभएको छ ।

आफ्नो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालिन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको उल्लेख गर्दै समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्त्वको सहमति रहेको विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, 'भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेका छौं । नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदैछ । चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ । यो पनि सानो उपलब्धि होइन ।'

यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । 'हाम्रो समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्त्वको सहमति हो भन्ने मेरो विश्वास छ । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नु छ,' उहाँले भन्नुभयो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।