१५७ सांसदको समर्थनसहित प्रधानमन्त्री 'प्रचण्ड'लाई विश्वासको मत

Share News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत पाउनुभएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले विश्वासको मत पाउनुभएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतको पक्षमा १५७ मत पर्यो । यो प्रतिनिधिसभामा हाल कायम सदस्य संख्याको बहुमत हो । प्रतिनिधिसभामा हाल कायम सदस्यमध्ये बहुमतका लागि १३७ सांसदको समर्थन चाहिन्छ । 

विश्वासको मतको प्रस्तावको विपक्षमा भने ११० सांसद उभिए । यस्तै १ जना सांसद भने तटस्थ रहे । प्रतिनिधि सभामा बुधवार २६८ सांसद उपस्थित थिए।

योसँगै गत वर्षको पुसयता प्रधानमन्त्रीले तेस्रो पटक संसदबाट विश्वासको मत पाएका हुन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।