रू रू जलविद्युतको संस्थापक, स्थानीय र कर्मचारीतर्फको शेयरको लकइन वैशाख ३ गतेपछि सकिने

Share News


काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडको ४४ लाख ४४ हजार ९९१ कित्ता शेयरको लकइन आगामी वैशाख ३ गतेपछि सकिने भएको छ ।

कम्पनीले सर्वसाधारणमा २०७८ वैशाख ३ गते आईपीओ बाँडफाँट गरेको थियो । सो मितिदेखि तीन वर्षसम्म संस्थापकतर्फको ३९ लाख ४५ हजार ८८८ कित्ता, आयोजना प्रभावित स्थानीयको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीतर्फको ९ हजार ८५८ कित्ता शेयर लकइनमा रहेको थियो ।

पछिल्लो समय लकइनमा रहेको शेयरको अवधि सकिनुभन्दा एक महीनाअघि सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्थाबमोजिम कम्पनीले सूचना जारी गरेको हो । लकइन अवधि सकिएपश्चात सम्बन्धित शेयरधनीहरूले आफ्नो शेयर कारोबार गर्न सक्नेछन् । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।