काठमाडौं । नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन तोलाको १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।