काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना अर्थात माघसम्ममा राष्ट्रियस्तरका विकास बैंकहरुले करिब पौने ३ अर्ब रुपैयाँ कमाउन सफल भएका छन । राष्ट्रियस्तरका ८ वटा विकास बैंकले यो ७ महिना अवधिमा रू. २ अर्ब ७१ करोड ७९ लाख नाफा आर्जन गर्न सफल भएका हुन ।
मुक्तिनाथ विकास बैंकले पछि पादै सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक अगाडि रहेको छ । यस बैंकले सात महीना अवधिमा रू.५५ करोड ८० लाख नाफा कमाएको हो । दोस्रोमा मुक्तिनाथ विकास बैंकले माघ मसान्तसम्ममा रू. ५३ करोड २३ लाख नाफा कमाएको छ ।
त्यस्तै सबैभन्दा कम नाफा सांग्रिला डेभलपमेन्ट बैंकले रू .१५ करोड ४९ लाख नाफा कमाएको हो । ज्योति विकास बैंकले सात महीनामा रू.१७ करोड ७६ लाख नाफा कमाएको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साता महीनामा रू. ४३ करोड ७१ लाख नाफा कमाएको हो । त्यस्तै महालक्ष्मी विकास बैंकले सो अवधिमा रू. ३३ करोड ४० लाख,कामना सेवा विकास बैंकले रू. ३१ करोड २३ लाख र लुम्बिनी विकास बैंकले रू. २१ करोड १३ लाख नाफा कमाएको छ ।
बैंकको नाम |
माघ मसान्तसम्मको नाफा रू. दशलाखमा |
गरिमा विकास बैंक |
558.08 |
मुक्तिनाथ विकास बैंक |
532.35 |
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक |
437.15 |
महालक्ष्मी विकास बैंक |
334.09 |
कामना सेवा विकास बैंक |
312.35 |
लुम्बिनी विकास बैंक |
211.31 |
ज्योति विकास बैंक |
177.66 |
सांग्रिला डेभलपमेन्ट बैंक |
154.93 |
कुल |
2,717.92
|
स्रोत : नेपाल राष्ट्र बैंक
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।