काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ५२५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।