ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

Share News

अत्तरिया (कैलाली) । ग्लोबल आईएमई बैंकको कैलालीस्थित अत्तरिया शाखाले एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । 

बैंकले अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बीबीए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई सो कार्यक्रम सञ्चालन गरेको हो ।

युवा तथा विद्यार्थीमा वित्तीय सचेतना जगाउने, वित्तीय जालसाजीको बारेमा सचेत गराउने, बचत गर्ने बानीको विकास गराउने, सही वित्तीय निर्णय लिने क्षमताको विकास गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । 

कार्यक्रममा बैंकको अत्तरिया शाखाका रिलेसनसिप म्यानेजर चेतराज अवस्थीले सहजीकरण गरेका थिए । कार्यक्रममा ५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको जनाइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।