वाणिज्य बैंकको पीबी रेशियो ३ गुणाभन्दा कम, कुनको कति ? कुनमा लगानी गर्दा राम्रो ?

Share News

काठमाडौं । वाणिज्य बैंकहरूको प्राइस टु बुक भ्यालु (पीबी) रेशियो ३ गुणाभन्दा कम रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये नेपाल बैंकको पीबी रेशियो सबैभन्दा कम छ । बैंकको उक्त रेशियो शून्य दशमलव ८७ गुणा छ । 

सबैभन्दा बढी पीबी रेशियो भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । बैंकको पीबी रेशियो २ दशमलव ५२ गुणा छ । वाणिज्य बैंकहरूको पीबी रेशियो औसतमा भने १ दशलमव ३९ गुणा छ । 

के हो पीबी रेशियो ?

कम्पनीको आधारभूत पक्षको एक सूचक रहेको पीबी रेसियो शेयरको बजार मूल्य र प्रतिशेयर नेटवर्थ (किताबी मूल्य) बीचको अनुपात हो । यो अनुपात हालको बजार मूल्यलाई प्रतिशेयर नेटवर्थले भाग गरेर निकालिन्छ ।

कम्पनीको आधारभूत र प्राविधिक पक्षले कम्पनीको आर्थिक अवस्थाबारे जानकारी दिन्छ । पीबी रेशियोलगायतबारे अध्ययन गरेर कम्पनीमा लगानी गरे जोखिम कम हुने जानकार बताउँछन् । 

यो रेशियो ३ गुणाभन्दा कम भएको कम्पनीमा लगानी गर्न राम्रो मानिन्छ । यसआधारमा अहिले वाणिज्य बैंकहरूमा लगानी गर्दा राम्रो प्रतिफल पाउन सकिने उनीहरूको भनाइ छ । यद्यपि, कम्पनीमा लगानी गर्दा अन्य आवश्यक पक्षको अध्ययन गर्न पनि जानकार सुझाउँछन् । 

यो रेशियो जति कम भयो त्यति नै लगानी डुब्ने जोखिम पनि कम हुने जानकार बताउँछन् ।  

के हो प्रतिशेयर नेटवर्थ ?

कम्पनीको खुद सम्पत्तिमा कम्पनीले तिर्नुपर्ने दायित्व घटाएपछि आउने अनुपातलाई प्रतिशेयर नेटवर्थ भनिन्छ । सामान्यतया यस्तो नेटवर्थ कम्पनीको बजार मूल्यभन्दा बढी हुने गर्दछ । 

प्रतिशेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ कि छैन भनेर मूल्यांकन गर्न सकिन्छ । यो धेरै हुनु नै राम्रो मानिन्छ । 

प्रतिशेयर नेटवर्थ वृद्धि हुनुले उसको दायित्व घटिरहेको छ भन्ने देखाउँछ । यदि यो सूचक नकारात्मक भएमा कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ । लगानी गर्नुपूर्व लगानीकर्ताले धेरै नेटवर्थ भएको कम्पनीमा लगानी गर्नु उचित मानिन्छ । 

यस्तो छ बैंकहरूको शेयर मूल्य, प्रतिशेयर नेटवर्थ र पीबी रेशियो 

स्रोत : नेप्से र कम्पनीको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण ।

 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।