वाइडबडी जहाज खरीदमा करीब डेढ अर्ब भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष, तत्कालीन पर्यटनमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा*

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरीदमा करीब डेढ अर्ब भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ।

ती जहाज खरीदका क्रममा १ अर्ब ४७ करोडभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले कांग्रेस नेता एवम् तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ । 

अख्तियारले मुद्दा दर्ताका लागि विशेष अदालतमा फाइल पठाइसकेको नागरिक उड्डयन प्राधिकरण स्रोतले बताएको छ । 

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी खरीद प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको पुष्टि गरे । 

*सच्याइएको

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।