सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Share News

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च कायम भई  प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।  आइतबार प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आइतबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर  १७ सय रुपैयाँ कायम भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।