तोलामा ७०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Share News

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३७  हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात आइतवार सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७१५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार  ३५८ डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३४२ डलरमा बन्द भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।