हिमालयन ८०-२० ले सूचीकृत शेयरमा बढायो लगानी

Share News

काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०-२० फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत धितोपत्रमा लगानी फागुनको तुलनामा चैतमा बढाएको छ । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ४३ करोड ६ लाख लगानी गरेकोमा चैत मसान्तसम्ममा बढाएर रू. ५० करोड ५७ लाख पुर्याएको हो । 

फण्डले चैत मसान्तसम्ममा रू. ५ करोड ९४ लाख नाफा कमाएको छ । यो नाफा फागुन मसान्तको तुलनामा भने १७ दशमलव २४ प्रतिशत कम हो । सो अवधिमा फण्डले रू. ७ करोड १७ लाख नाफा कमाएको थियो । चैतमा फण्डको आम्दानी घटेकाले नाफा घटेको हो ।

फागुन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ८ करोड ५७ लाख रहेकोमा चैत मसान्तमा घटेर रू. ७ करोड ५० लाखमा झरेको छ । 

नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । फागुन मसान्तमा फण्डको न्याभ  १० रुपैयाँ ७२ पैसा रहेकोमा चैत मसान्तमा घटेर १० रुपैयाँ ५९ पैसामा सीमित भएको छ । 

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।