चैत मसान्तमा नबिल फ्लेक्सी क्याप फण्डको न्याभ घट्यो

Share News

काठमाडौं ।  नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) फागुन मसान्तको तुलनामा चैत मसान्तमा घटेको छ । फागुन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३१ पैसा रहेकोमा चैत मसान्तमा  १० रुपैयाँ १ पैसामा सीमित भएको हो । 

न्याभसँगै फण्डको नाफा पनि घटेको छ । फागुन मसान्तमा फण्डले रू. २ करोड ४२ लाख नाफा कमाएकोमा चैत मसान्तमा घटेर रू. ७४ लाख ५ हजारमा सीमित भएको हो । चैतमा फण्डको खर्चमा वृद्धि भएको छ भने आम्दानी घटेको छ, सोही कारण फण्डको नाफा घटेको हो ।

फागुन मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. ७४ लाख ९६ हजार रहेकोमा चैत मसान्तमा बढेर रू. ८४ लाख ९७ हजार पुगेको छ । त्यस्तै फण्डको आम्दानी फागुन मसान्तमा रू. ३ करोड १७ लाख रहेकोमा चैत मसान्तमा घटेर रू. १ करोड ५९ लाखमा सीमित भएको छ । 

त्यस्तै फण्डले चैत मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ३७ करोड ४४ लाख लगानी गरेको छ । यो लगानी फागुन मसान्तमा भने रू. ३९ करोड ४७ लाख थियो । 

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।