काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ६६५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।