तस्वीरहरूमा हेर्नुस् १७औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । १७औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ बुधवार (आज)बाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुरु भएको मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो । 

सो अवसरमा राष्ट्रपति पौडेलले साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । साथै उहाँले राज्यले साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा विशेष नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । मेला वैशाख ३० गतेसम्म चल्नेछ । 

हेर्नुस् मेलाका तस्वीरहरू 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।