तोलाको ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको भने घट्यो

Share News

काठमाडौं । नेपाली बजारमा आइतवार (आज) सुनको मूल्य एकैदिन ५०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ७२५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।