तस्वीरमा हेर्नुस् रातो मच्छिन्द्रनाथको रथयात्रा [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ शनिवारबाट तान्न शुरु भएको छ। पुलचोकमा निर्माण गरिएको रथ बाजागाजासहित गःबहाल पुर्याइएको छ। 

रथ तान्नुअगाडि गुरुज्यूको पल्टनबाट सलामी दिइएको थियो । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा नेपालकै लामो जात्राको रूपमा ललितपुरको रातो मच्छिन्द्रनाथ (बुंगद्य) को जात्रा मनाइन्छ । 

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्च बुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् । 

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदामा मच्छिन्द्रनाथलाई रथारोहण गराउने प्रचलन छ । त्यसको दुई दिनपछि अक्षय तृतियाका दिन रथयात्रा शुरु गर्ने प्रचलन छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चतुर्थीमा जावलाखेल पुर्याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।